Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जेनजी प्रदर्शन अपडेट: अख्तियारको केन्द्रीय कार्यालयमा पनि आगजनी


4.914k
Shares

काठमाडौं । जेनजी युवा प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले मंगलबार टंगालमा रहेकाे अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैदेखि उनीहरू आक्रोशित भएका छन् । उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।

सोमबार र मंगलबारको प्रदर्शनमा २४ जनाको मृत्यु भएको छ भने ५ सय बढी घाइते छन् । सामाजिक सञ्जाल बन्द र व्याप्त बेथितीको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरू प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिइसक्दा समेत प्रदर्शन रोक्न तयार देखिएका छैनन् ।