Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


जेनजी युवा प्रदर्शनकारीलाई संयमित रहन सेनाको अपील (पत्रसहित)


1.5k
Shares

काठमाडौं । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउ-धनको सुरक्षार्थ विषम परिस्थितिमा सेना प्रतिबद्ध रहेकाे बताएकाे छ ।

सेनाले मंगलबार साँझ एक अनुराेध पत्र सार्वजनिक गर्दै नेपालमा हाल भइरहेको “जेनजी” आन्दोलनका विकसित घटनाक्रमहरुकाे बारेमा विश्लेषण गरिरहेको जनाएको हाे। सेनाले जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धातञ्जली, शोक सन्तप्त परिवारजनमा समवेदना र सहानुभूतिसँगै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ जारी पत्रमा भनिएकाे छ।’