
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएकाे छ।
मन्त्री लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिनुभएकाे हाे । सोमबार भएको जेनजी युवाहरूको प्रदर्शन हिंसात्मक बनेपछि मन्त्री लेखक राजीनामा दिन बाध्य हुनुभएकाे हाे ।
सोही प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाकाे मृत्यु भइसकेकाे छ । साेही प्रदर्शनमा परी साढे २ सय बढी घाइते भएकाे हुन् । नेपाली कांग्रेसकाे साेमबार नै बसेकाे पदाधिकारी बैठकमा मन्त्री लेखकले साेही घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताउनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्