Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सुनसरीकाे इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी


182
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले साेमबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साेही आदेश जारी गरेकाे बताउनुभएकाे हाे । सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यू आदेश जारी गरिएको छ।

तोकिएको ४ किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा र बैठक वा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएकाे हाे ।