
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएकाे छ।
उहाँले सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउनुभएकाे हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा साेमबार राजधानीसहित देशैभरी जेनजी युवाहरुले प्रदर्शन गरिरहेका छन् ।
साेही प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु समेत भएको हाे । त्यस्तो, पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बानेश्वर घटनाका विषयमा बैठकमा छलफल हुने बुझिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्