Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु


52
Shares

काठमाडौं ।

अष्ट्रेलियाको मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु भएकाे छ ।

१४ वर्षभन्दा लामो समयदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल दुर्घटनामा परेका हुन् । मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत सरला र अरिजा, अरिजाको ३०औँ जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

भिक्टोरिया प्रहरीका अनुसार उनीहरूले चलाइरहेको कार सुरुमा एउटा कंगारुसँग ठोक्किएको थियो । उनीहरूले घाइते कंगारुलाई सहयोग गर्ने उद्देश्यले गाडी रोकी सडकमा ओर्लिएका थिए । तर, अध्याँरो र खराब मौसमका कारण पछाडिबाट तीव्र गतिमा आएको अर्को कार चिप्लिएर उनीहरूमाथि ठक्कर दिँदा यो दुर्घटना हुन पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनास्थल क्रेगीबर्नमा बेभरिज निवासी ३० वर्षीया सरला खड्काको तत्कालै निधन भयो । थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाललाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको पनि निधन भएको हो । दुर्घटना गराउने कारका चालकले भने घटनास्थलमै रोकिएर प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका छन् ।