
काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् ।
अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिक सिनरलाई ३–१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन् ।
सिनर विरुद्धको खेल अल्काराजले ६–२, ३–६, ६–१ र ६–४ को सेटमा जिते । जितसँगै अल्काराजले यु.एस ओपन टेनिसको साविक उपाधि रक्षा समेत गरेका छन् । युएस ओपनको यो उपाधि २२ वर्षीय खेलाडी अल्काराजको लागि छैटौं ग्राण्डस्लाम उपाधि हो ।
जितसँगै अल्काराजले टेनिसको विश्व वरियताको शिर्ष स्थानमा सिनरलाई प्रतिस्थापन गरेका छन् । युएस ओपन टेनिसको महिलातर्फको उपाधि भने एरिना साबालेन्काले जतेक थिइन् ।
प्रतिक्रिया दिनुहोस्