Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


एमालेले (जबज) छोड्यो भनेर अनर्गल प्रचार नगर्न महासचिव पोखरेलकाे आग्रह


299
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताउनुभएको छ ।

पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरुले संगठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिनुभयो ।

केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उहाँले त्यस्तो अनर्गल प्रचार नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी गराउनुभयाे । महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दावी समेत गरेकाे उहाँले बताउनुभएकाे छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार महासचिव पोखरेलले एमालेका तत्कालिन महासचिव मदन भण्डारीको अगुवाईमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक-पटक दोहोर्याउनु भएको थियो ।