
काठमाडाैं । नेपाल राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि आइतबार २५ अर्ब निक्षेप खिच्ने भएकाे छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता, ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने भएका छन् ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखेर आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने भएकाे हाे । निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको बैंकले जनाएकाे छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएकाे छ । बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएकाे हाे ।
बोलकबोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म हुने भएकाे बैंकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्