Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैनः सांसद केसी


26
Shares

काठमाडाैं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको र नेपाली जनताको दुःख-सुखको साथीको रुपमा रहेको बताउनुभयो । सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उहाँको भनाइ छ ।

बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने र विपद सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि सामाजिक सञ्जाल रहेको कुरा बिर्सिन नहुने बताउनुभयो । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको उहाँकाे भनाइ छ ।

सांसद केसीले आम नागरिकहरु सामाजिक सञ्जाल बन्द गराएकोमा रुष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताउनुभयो ।