
काठमाडौं । आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुुन् । खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् ।
अब यि दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्