Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


ललितपुरमा मन्त्रीको गाडीले बालकलाई ठक्कर दिँदा स्थानीय आक्रोश, सडक अवरुद्ध


0
Shares

काठमाडौं ।
ललितपुरको हरिसिद्धिमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ। दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका छन्।

घाइते बालकलाई तत्कालै बी एण्ड बी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

सडक अबरुद्ध हुँदा एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक यातायातमा अवरोध पुगेको छ।