२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


रास्वपाले नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राख्दै मेटा र युट्युबलाई लेख्याे पत्र


2.158k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राखेको छ ।

सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो । सरकारले रोक लगाएका मध्ये बढी प्रयोगकर्ता भएको मेटा र युट्यूबलाई रास्वपाले पत्र लेखेर दर्ता बारेमा जिज्ञासा राखेको हो । रास्वपाका सहमहामन्त्री विपीन कुमार आचार्यले शुक्रबार दुई सामाजिक सञ्जाललाई पत्राचार गर्नुभयाे ।

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै नभएर शिक्षा, उद्यम, डिजिटल उद्यमशितलता र डायस्पोरासँग जोडिने कार्यमा भूमिका खेलेको भन्दै नागरिकको दैनिक जीवनसँग जोडिएको विषय रहेको पत्रमा उल्लेख गरिएको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट आय आर्जन समेत गरेको पत्रमा भनिएकाे हाे ।

सहमहामन्त्री आचार्यले दर्ताका लागि व्यवधान रहेको भए जानकारी गराउन समेत मेटा र युट्यूबलाई आग्रह गर्नुभएकाे छ ।