
काठमाडाैं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
काठमाडाैंमा रहेकाे डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता प्रकट गर्नुभएको हो । अहिले सामुदायिक विद्यालयमा बसाईसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको उहाँले बताउनुभयो ।
अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको उहाँकाे भनाइ छ । राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरु रोजेर पढ्न सक्ने उहाँकाे तर्क थियाे । अध्ययनका लागि विदेश जानेहरुलाई रोक्न नसकिने पनि स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्