
काठमाडाैं । विश्वकप फुटबलको छनौट खेलमा स्लोभाकियाले जर्मनीलाई हराएको छ ।
गएराति सुरु भएको युरोपेली समुह ‘ए’ को खेलमा स्लोभाकियाले जर्मनीलाई २–० ले हराएको हो । स्लोभाकियामै भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन डेभिड हाच्को र डेभिड स्ट्रेलेचले एक एक गोल गरे ।
हारसँगै जर्मनीले अर्को वर्ष हुने विश्वकप फुटबलको पहिलो छनौट खेलमै नमिठो सुरुवात गरेको छ । यही समुहको अर्को खेलमा नर्दन आयरयाण्डले लक्जेम्बर्गलाई ३–१ ले हरायो ।उता समुह ‘ई’ को खेलमा स्पेनले बुल्गेरियालाई ३–० ले हरायो ।
स्पेनको जितमा मिकेल ओयरजबाल, मार्क कुकुरेला र मिकेल मेरिनोले एक एक गोल गरे । विश्वकप छनौटकै अर्को खेलमा बेल्जीयमले लिचेस्टाइनलाई ६–० ले हराउँदा टर्कीले जर्जीयामाथि ३–२ को जित निकाल्यो । नेदरल्याण्ड्स र पोल्याण्डले भने एक एक गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्