२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


पेन्टागनलाई डिर्पाटमेन्ट अफ वार नाममा फेरी ब्रान्ड गर्न ट्रम्पको निर्देशन


0
Shares

काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनलाई डिर्पाटमेन्ट अफ वार नाममा फेरी ब्रान्ड गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार यहीँ सम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ ।

योसँगै अमेरिकी रक्षा मन्त्री पिट हेगसेथलाई अब सेक्रेटरी अफ वारको रुपमा सम्बोधन गरिनेछ । स्थापना कालमा पनि पेन्टागनलाई अमेरिकी सेनाका सबै शाखाहरूको समन्वय केन्द्रको रुपमा लिइदै आइरहेको थियो ।

सन् १९४७ पछि भने यसलाई डिर्पाटमेन्ट अफ डिफेन्समा रुपान्तरित गरिएको हो । जसको उदेश्य रक्षात्मक देखाउने रहेको थियो । राष्ट्रपति ट्रम्पको यो निर्णयले अमेरिकामा करोडौ डलरको मार पर्ने भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।
नाम फेर्ने आदेश दिएपनि आधिकारिक नाम परिवर्तन गर्न अमेरिकी संसदको अनुमोदन भने आवश्यक पर्छ ।