
काठमाडौं । अमेरिकाले इक्वेडरका दुई वटा आपराधिक समुहलाई आतंकवादी समुहको सूचीमा राखेको छ ।
इक्वेडरका शक्तिशाली आपराधिक समुह ‘लस लोबोस’ र ‘लस कोनेरोस’लाई अमेरिकाले विदेशी आतंकवादी समुहको सूचीमा राखेको हो ।
इक्वेडर भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना इक्वेडोरीयन समकक्षीसँग क्वेटामा संयुक्त पत्रकार सम्मेलन गर्दै यी सुहलाई आतंकवादी सूचीमा राखेको हो ।
अमेरिकी घोषणाले यी समुहमाथि आर्थिक प्रतिबन्ध लगाउन तथा आवश्यक परको अवस्थामा घातक आक्रमण गर्न सहज हुनेछ । इक्वेडरका आपराधिक समुहको सम्बन्ध भेनेजुएलाका आपाराधिक समुहसँग जोडिएको रुबियोको ठहर छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले लेटिन अमेरिकामा लागु औषध कारोबार तथा आपराधिक समुहको संजाललाई संरक्षण दिईरहेको आरोप समेत रुबियोले लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्