
रमेश धमला
काठमाडौं । अमेरिकाले नेपाली सेनालाई दुई वटा स्काइ ट्रक दिएको छ ।
नेपाली सेनाको हवाई वेशमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले परराष्ट्रमन्त्री आरजु देउवा राणा मार्फत नेपाली सेनालाई दुई वटा स्काइ ट्रक हस्तान्तरण गर्नुभएको हो । दुई मध्य एउटा हवाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने सुविधासहितको छ । बिरामीको उपचारका लागि आवश्यक अक्सिजनदेखि सबै उपकरण जडान गरिने हवाई एम्बलेन्स नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो ।
अमेरिकाले नेपाली सेनाका लागि विमान दिने घोषणा ७ वर्ष अघि गरेको थियो । नेपालका विकट क्षेत्रमा खाद्यन्न, औषधी लगायतका सामग्री ढुवानीका लागि स्काइ ट्रक प्रयोगमा आउने छन् । राजदूत थम्पसनले नेपालसँगको पुरानो सम्बन्धलाई थप बलियो बनाउन अमेरिकाले नेपाली सेनालाई सहयोग गरेको बताउनुभयो ।
त्यसैगरी, प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको हवाई क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारले दिएका स्काइ ट्रक निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्