१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


शेयर बजारमा आज पनि गिरावट


78
Shares

काठमाडाैं । हप्ताको अन्तिम कारोबार बिहीबार शेयर बजार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ ।

बिहीबार बिहान केही बेर बढेपछि घट्न थालेको बजार परिसूचक नेप्से २ हजार ७ सय ३ को विन्दुबाट फर्किएर अन्तिममा ६ दशमलव ५५ अंक घटेर २ हजार ७ सय १९ दशमलव ७७ विन्दुमा बन्द भएको हो । साढे २ बजेपछि बजार फर्किएपछि कारोबार रकममा पनि सुधार आएको थियो । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक भने शून्य दशमलव १३ ले बढेको हाे।

बिहीबार पनि हिमस्टार उर्जा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोका लगानीकर्ताले सर्वाधिक ३ दशमलव ८३ प्रतिशत गुमाएका छन् । दिनभरीमा ३ सय १७ वटा स्टकको ज्१ करोड २७ लाख १ हजार कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सवैभन्दा बढी ३५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।