१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सरकारविरूद्ध सडक संघर्षको तयारी गर्ने माओवादी केन्द्रकाे निर्णय


1.547k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष राजनीतिक दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष शुरु गर्ने गरी तयारी गरेको जानकारी गराउनुभए काे हाे । सरकारले जनताका मागहरू सम्बोधन नगरेको र सुशासनको मामला कमजोर भएको उहाँकाे भनाइ छ । भ्रष्टाचार झन्झन् बढेको उहाँले बताउनुभयाे ।

प्रवक्ता सापकोटाले मध्यपहाडी लोकमार्गमा यहि भदौ २१ गतेदेखि पार्टीको अभियान पुन: शुरु गर्ने निर्णय समेत गरेको बताउनुभएकाे छ। पार्टीको अनुशासन र गुट-उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उहाँकाे भनाइ छ ।