
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबै भन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ ।
काठमाडाैं बिहीबार पूर्वसांसद मञ्चको २६ औं स्थापना दिवसका अवसरमा संसद भवनमा आयोजित कार्यक्रममा बाेल्दै उहाँले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति-प्रगति गर्ने बताउनुभएको हो । राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने उहाँकाे भनाइ छ । नेपालले पनि यो कुरा भोगेर आएको र लामो इतिहासमा विभिन्न ढंगबाट बिताएर आएका पूर्वसांसदहरुलाई यसकाे बारेमा अझ बढी ज्ञान भएको उहाँले बताउनुभयो ।
पूर्वसांसदहरुले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यन्वयन, सरकार निर्माण र संसदको जिम्मेवारीलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण काम सिकाएकाे उहाँकाे भनाइ छ । पूर्वसांसदहरुलाई सम्मान गर्ने रऔषधि उपचारको प्रवद्र्धन गर्नेतर्फ आफूले पहल गर्ने उहाँले बताउनुभयाे । राज्यलाई हाल पूर्वसांसदहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारी समेत नभएको उल्लेख गर्दै उहाँले यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएकाे छ।
स्थापना दिवसको अवसरमा मञ्चले ७० वर्ष पूरा भएका पूर्वसांसदहरुलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्