Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


एसियन कप छनौटमा नेपालकाे खराब सुरुवात


0
Shares

काठमाडाैं । २३ वर्षमुनिको ए.एफ.सी. एसियन कप फुटबल छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पारजित भएकको छ ।

ताजकिस्तानको राजधानी डुसान्बेमा हिजो बेलुकी भएको खेलमा नेपाललई घरेलु टोलीले ४–० ले हराएको हो । ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गर्दा रहमात्शोह रमात्जोदा र देलर शारिपोभले एक एक गोल गरे ।

हिजै भएको पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले पराजित गरेको थियो । नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ । सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने संभावना साप्त हुनेछ । समुह ‘के’ मा नेपाल, ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् ।

समुह चरणमा चारवटै टोलीले एकअर्कासँग खेलेपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कप खेल्न पाउनेछ । कूल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा ठाउँ बनाउनेछन् ।