Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


रुस र चीनबीच ग्यास पाइपलानको सम्झौता


2.1k
Shares

काठमाडौं ।
रुस र चीनबीच ’पावर ऑफ साइबेरिया–२’ नाम दिएको ग्यास पाइपलाइन बनाउने सबन्धी ऐतिहासिक समझौता भएको छ ।

रुसका राष्ट्रपति भ्लाादिमीर पुटिनले रुस र चीनबीचको सम्बन्ध अभूतपूर्व रहेको उल्लेख गदै ऐतिहासिक सम्झौतामा दुबै देशले हस्ताक्षर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

यो सम्झौतापछि अब हरेक वर्ष ५० अर्ब क्यूबिक प्राकृतिक ग्यास रुसले चीन पठाउने छ । यो विशाल परियोजना मंगोलियाको बाटो हुँदै पश्चिमी रूसबाट उत्तरी चीनसम्म पुग्नेछ । चीन भ्रमणका क्रममा पुटिनले राष्ट्रपति सी जिनपिङका साथै मंगोलियाका प्रमुखसंग गरेको घण्टौको वार्तापछि यो सहमति भएको बताइएको छ ।

सम्झौताले यूक्रेन युद्ध सुरु भएयता युरोपको तेल व्यापार निर्यातमा आइरहेको भारी गिरावटको असरलाई भरपाई गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भारी करले उथल–पुथल मच्चाइ रहेको समयमा यो सम्झौता भएको हो ।

यसअघिनै चीनका राष्ट्रपति सी जिनपिंगले अमेरिकालाई लक्षित गदै हामी कसैको धक्कीले डराउनेवाला छैर्नौ भन्ने उदघोष गरिसक्नु भएको छ ।