
काठमाडौं । पोर्चुगलको प्रसिद्ध ‘ग्लोरिया फ्युनिक्युलर’मा एउटा डिब्बा लिकबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
घटनामा १८ जना घाइते भएका छन् । केबल रेलवको माध्यमबाट भिरालो सतहमा मानिस ओसार्न प्रयोग हुने सानो रेलजस्तो सवारीलाई फ्युनिक्युलर भनिन्छ । घटनास्थलमा फसेका केही यात्रुलाई तत्काल उद्धार गरिएको छ ।
बुधबार स्थानिय समय अनुसार साँझ ६ बजेर ५ मिनेट जाँदा लिस्बनको ‘एभेनिडा दा लिबेरडेड’ नजिकै केबल रेल दुर्घटना हुुँदा कति जना सवार थिए भन्ने यकिन भएको छैन । अधिकारीहरूले यो घटनाको कारण पत्ता लगाउन छानविन थालिएको बताएका छन् ।
मृतकहरुमा केही विदेशी नागरिक रहेको बताईएपनि परिचय खुलेको छैन । रेलवेको रुटमा एउटा केबल खुकुलो भएको र यसले नियन्त्रण गुमाएपछि नजिकैको भवनमा ठोक्किएर दुर्घटना भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्