१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


चीनले आज विजय दिवस बनाउँदै


182
Shares

काठमाडौं । चीनले आज विजय दिवस मनाइरहेको छ । दोस्रो विश्वयुद्धमा जापानी सेनाले आत्मसमर्पण गरेको दिनलाई चिनले विजय दिवसको रुपमा मनाउने गरेको छ । यसपटक विजय दिवसको ८० औं वर्षगाँठको अवसरमा चिनले विशेष सैन्य परेड आयोजना गरेको छ ।

विश्वलाई आफ्नो सामरिक सामथ्र्य प्रदर्शन गर्न आयोजित सैन्य परेडमार्फत चीनले अन्तराष्ट्रिय शक्ति सन्तुलनमा पश्चिमा देशहरुको दाबी नमान्ने संकेत पनि गरेको छ ।

सैन्य परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई दायँबायाँ राखेर चिनिया राष्ट्रपति सि जिनपिङ सहभागि भएका छन् । यो सैन्य परेडमा चिनका अत्याधुनिक हतियार, हवाई रक्षा प्रणाली तथा अन्य सैन्य उपकरणहरु प्रदर्शन गरिएको छ ।

विजय दिवस समारोहमा सहभागि हुन विश्वका शक्तिशाली नेताहरु बेइजिङ पुगेका छन् । इरान, क्युबा, इन्डोसिनया, मलेसिया, म्यानमार, भियतनाम, स्लोभाकिया, नेपाललगायत विश्वका २६ देशका अतिथिहरु सैन्य परेडमा सहभागि छन् ।