१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


कटुवा पेस्तोलसहित एकजना पक्राउ


0
Shares

कैलाली, असार ६ । कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीले पेस्तोलसहित गोदावरी नगरपालिका–२ तेघरीस्थित सडक खण्डमा हिडिरहेको अवस्थामा सोही ठाउँका २५ वर्षीय तोया नाथलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका नाथलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।