Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला


1k
Shares

काठमाडौं ।

दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित अटो दुर्घटनामा परी वेपत्ता भएका यात्रुहरु मध्ये २ जनाको शव सशस्त्र प्रहरी फेला पारेको छ ।

होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो ।

अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ बर्षीया आरुषा धामीको शव घटना स्थलबाट करिव ७ मिटर पश्चिम र १७ वर्षीया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिम बाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दाहरुले खोजीकार्य गर्ने क्रममा फेला पारेको छ ।

वेपत्ता ४७ बर्षीया चाखुरी देवी धामीको खोजीकार्य भइरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनामा परि घाईते भएका सोही ठाउँ बस्ने १६ वर्षीय आयुष भुललाई उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ पठाएको छ ।

दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज वेपत्ताहरुको खोजीकार्यको लागि खटिएको थियो ।