१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


इजरायली आक्रमणमा हमासका प्रवक्ता मारिए


2.145k
Shares

एजेन्सी ।

इजरायलले गाजा सहरको अल(रिमल छिमेकमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखा अल(कस्सम ब्रिगेडका प्रवक्ता अबु ओबेदाको मृत्यु भएको दाबी गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बल र शिन बेटलाई बधाई दिएका छन्।

शनिबार भएको उक्त आक्रमणमा छ तले भवनमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो, जसले ठूलो क्षति पुर्‍याएको स्थानीय पत्रकारहरूले बताएका छन्। हमासले आक्रमणमा सात जनाको मृत्यु र २० जना घाइते भएको जनाएको छ। तर ओबेदाको मृत्यु पुष्टि गरेको छैन। इजरायली सेनाले नागरिक हताहत कम गर्न सटीक हतियार र गुप्तचर प्रयोग गरेको दाबी गरेको छ।

ओबेदा, जो हमासको प्रचार प्रसार र इजरायलविरुद्ध आलोचनाका लागि चर्चित थिए। उनी ७ अक्टोबर २०२३ को आक्रमणअघि हमासका वरिष्ठ सदस्य थिए। इजरायलले गाजा सहरमा थप आक्रमणको योजना बनाएको छ, जसलाई हमासले प्रतिवाद गर्ने चेतावनी दिएको छ। बीबीसी