Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


काठमाडौं महानगरमा कार्यरत कर्मचारीको अनिवार्य अवकाश उमेरहद ५८ वर्ष कायम


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र कार्यरत कर्मचारीहरूको अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष तोकेको छ।

महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत स्तरको निर्णय अनुसार अनिवार्य अवकास उमेरहद ५८ वर्ष तोकिएको महानगरपालिका, सबै विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई जानकारी गराएको हो । महानगरपालिकाका अनुसार यस अघि २०८०/१२/०५ गते (प्रमुख प्रशासकीय अधिकृतस्तर) को निर्णय अनुसार महानगरमा कार्यरत कर्मचारीहरूलाई बागमती प्रदेश, स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ को दफा ७९ बमोजिम अनिवार्य अवकाश दिंदै आएको थियो।

२०८२/०३/०४ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र २०८२/०३/१२ को बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिपत्र अनुसार काठमाडौं महानगरपालिकाको मिति २०८२/०५/११ गते (प्रमुख प्रशासकीय अधिकृतस्तर) को निर्णय बमोजिम महानगरमा कार्यरत कर्मचारीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष कायम गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।