१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


माओवादी केन्द्रका अध्यक्ष दाहालको कार्यशैलीकै कारण तत्कालीन नेकपा फुट्याे: उपमहासचिव शर्मा


6.032k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहालको कार्यशैलीकै कारण भएको आरोप लगाउनुभएको छ ।

बुटवलमा शिहीबार सहिद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । नेकपाको बहुमतको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएको थियो ।

उपमहासचिव शर्माले पार्टी माओवादी पार्टी पुनर्संरचनाका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको समेत बताउनुभएको छ । माओवादी पुनर्गठन हुन नसकेमा गम्भीर संकट निम्तिने पनि उहाँको तर्क थियो । अध्यक्ष दाहालले विराटनगरमा पुगेर जनार्दनमाथि गम्भीर आरोप लगाउनुभएको थियो । उहाँले पार्टीभित्र स्वार्थ समूह सक्रिय बन्दै गएको र शर्माले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने दावी गर्नुभएको हो ।

अध्यक्ष दाहालको अभिव्यक्ति पछि त्यसको जवाफ बुटवलबाट फर्काउँदै उपमहासचिव शर्माले आक्रोश व्यक्त गर्नुभएको छ ।