काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ३८ अंकले घटेको छ ।
बजार बन्द हुँदा नेप्से ३८ दशमलव १० घटेर बन्द भएको हो । शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । बुधबार हाफ सेन्चुरी बढेको शेयर बजार बिहीबार फेरी घटेर बन्द भएको छ । नेप्से १ दशमलव ३५ प्रतिशतले घट्दा परिसूचक २ हजार ७ सय ८१ विन्दुमा पुगेको हो । नेप्से घट्दा पनि कारोबार रकम भने बढेको नेप्सेले जनाएकाे छ ।
बिहीबार ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९ सय १७ कित्ता शेयर कारोबार भएको हो। बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २७ वटा कम्पनीको शेयर मूल्य घटेको हो । कुनैपनि कम्पनीको मूल्य भने स्थिर नरहेकाे नेप्सेले जनाएकाे छ ।
३ सय २२ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ३ सय ७९ पटक शेयर किनबेच भएको हो। म्युचुअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । सबै भन्दा बढी विकास बैंक समूह २ दशमलव ४३ प्रतिशतले घटेको नेप्सेले जनाएकाे हो ।




प्रतिक्रिया दिनुहोस्