१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


भक्तपुर अदालतले दियो आशिका तामाङलाई सफाइ


2.444k
Shares

काठमाडौं । जिल्ला अदालत भक्तपुरले आफूलाई सामाजिक अभियन्ताका भएकाे दावी गर्दै आएकी आशिका तामाङलाई सफाइ दिएको छ ।

साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोध गरेको आरोपमा मुद्दा खेपेपकी तामाङलाई बिहीबार सोही अदालतका न्यायाधीश विश्वनाथ भट्टराईले सफाइ दिनुभएको हो । पुलमा रकम उठाएको विरोध गर्दै रसिद बुक च्यातिदिएपछि पक्राउ परेकी तामाङलाई प्रहरीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाएको थियो ।

सोही कसुरको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले आशिकालाई २०८१ माघ १८ गते २० हजार धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त मुद्दाको अन्तिम फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश भट्टराईले आशिकालाई सफाइ दिने फैसला सुनाउनुभएको छ ।

तामाङविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो ।