१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


महिलालाई अधिकार दिलाउन मंगलादेवी सिंहको भूमिका महत्वपूर्णः मन्त्री सिंह


195
Shares

काठमाडौं । उप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

काठमाडौंमा म‌गलबार मंगलादेवी सिंहको २९ औं स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले शिक्षामा महिलाको पहुँच विस्तार गर्न समेत नेतृ मंगलादेवीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको हो । मंगलादेवी सिंहले जीवनकालमा प्रजातान्त्रिक मूल्य र मान्यता प्राप्त गर्न, लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउने कार्यमा गरेको योगदानलाई समेत उहाँले स्मरण गर्नुभएको छ ।

मन्त्री सिंहले शोभा भगवती र बबरमहलमा रहेको मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा पुगेर प्रतिमामा माल्यार्पण समेत गर्नुभयो । महिला अधिकारको लागि आवाज उठाउन मंगलादेवीले २००४ सालमा महिलाहरुलाई संगठित गर्नको लागि नेपाल महिला संघको स्थापना गर्नुभएको थियो । महिला संघले स्थापनाकालदेखि नै महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिनुपर्ने माग राख्दै आएको मन्त्री सिंहले बताउनुभयो ।

मंगलादेवी नेतृत्वको महिला आन्दोलनले महिलाहरुले पढ्न पाउने र मताधिकारको अधिकार पाउने अवस्थाको निर्माण भएको उहाँको भनाइ छ । मंगलादेवीले महिलाहरुलाई पैतृक सम्पतीमा पुरुषसरह हक हुनुपर्ने, राज्यका नीति निर्माण गर्ने तहमा महिलाहरुको उचित स्थान हुनुपर्ने र आमाको नाममा नाकरिकता लिन पाउनुपर्ने लगायतका आवाज उठाउनुभएको थियो ।

मंगलादेवी को योगदानको बारेमा आगामी पुस्तालाई जानकारी गराउन आवश्यक रहेको मन्त्री सिहंको भनाइ छ ।