९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


प्रधानमन्त्री ओलीले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न हुँदैन: महामन्त्री थापा(भिडियाेसहित)


2.47k
Shares

काठमाडौं । नेपाली का‌ग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । का‌ग्रेसले २०८४ सालमा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने समेत उहाँले बताउनुभयो । उहाँले पार्टीको नीति, सिद्धान्तअनुसार अघि बढेर सबै खाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।

महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राख्नुभयो । उहाँले गुट छोडे पनि लेखन कार्य नछोड्न उहाँले कार्यकर्ताहरुमा आग्रह समेत गर्नुभएको छ ।