
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ ।
काठमाडौंमा सोमबार आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीभित्रमात्र नभएर हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो ।
राजनीतिक संकट, चुनौतीहरुको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरुले सार्वजनिक कार्यक्रमहरुबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उहाँको जोड छ । उहाँले पार्टीका आन्तरिक समस्याका विषयहरुलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताउनुभयो । पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरुको कार्य सम्पादनको प्रभावकारी अनुगमन आवश्यक रहेको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । पार्टीसिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने उहाँले चेतावनी समेत दिनुभएको छ। पार्टीप्रति नकारातमकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनैपनि हालतमा छुट दिन नसकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्