९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


माइतीघरमा कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध प्रदर्शन (तस्वीरसहित)


559
Shares

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले हातमा कालोपट्टी बाँधेर नाराबाजी गरेका छन् ।

उनीहरूले पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने र विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउने भनिएको प्रावधान हटाउनुपर्ने माग राखेका छन्।