Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


समानुपातिक समावेशी निर्वाचन प्रणाली बनाउन राजनीतिक दल सजग हुनुपर्छः प्रमुख सचेतक परियार


611
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्व सजग हुन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान निर्वाचन प्रणालीले जनसंख्याको वास्तविक घनत्व अनुसार सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै उहाँले सुधारको आवश्यकता रहेको बताउनुभएको छ।

ऐन कानूनमा समावेशी भनेर व्यवस्था राखेको भएपनि समानुपाति समावेशी सिद्धान्त अनुरुप अघि नबढ्दा समस्या भएको उहाँको तर्क थियो । उहाँले अब जसको जति घनत्व, उसको त्यति नै प्रतिनिधित्व हुने व्यवस्थामा निर्मम भएर जानुपर्ने धारणा राख्नुभयो ।

हाल मुलुकमा ५० प्रतिशत भन्दा बढी महिलाको जनसंख्या भए पनि उनीहरूको सहभागिता १० प्रतिशत भन्दा कम रहेको उहाँको भनाइ छ । दलित समुदायको सहभागिता १३ दशमलव ८ प्रतिशत भनिएता पनि ५ प्रतिशतमा सीमित राखिएको समेत उहाँले बताउनुभयो ।

प्रमुख सचेतक परियारले समानुपातिक समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयन गर्नका लागि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह समेत गर्नुभएको छ ।