८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


हेटौँडामा माेटरसाइकल एकापसमा ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते


1.04k
Shares

हेडौँडा।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमतीकाे मृत्यु र श्रीमान् घाइते भएका छन् ।

मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठ मृत्यु भएकाे छ भने ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको हाे।

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३–००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नम्बरको बसमा समेत ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।