७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सरकारले पर्साको हैजा प्रभावित क्षेत्रमा खानेपानीकाे परीक्षण टोली खटायो


0
Shares

काठमाडौं । सरकारले पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले शनिबार आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाएको जनाएको हो । सोही टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य शुरु गरिसकेको छ। वीरगञ्जमा शुक्रबार ३ जनामा हैजाको संक्रममण पुष्टि भएको थियो। तर दुवै जनाकाे मृत्यु भइसकेको छ ।

त्यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ।