६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


संयुक्त राष्ट्रसंघद्वारा गाजामा अनिकाल भएकाे घोषणा


962
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजामा अनिकाल भएकाे औपचारिक रुपमा घोषणा गरेको छ।

मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र ५ लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका हुन् । संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका छन् ।

इजरायलको विदेश मन्त्रालयले गाजा शहर र आसपासमा अहिले अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झुटमा आधारित’ रहेको समेत दावी गरेको छ । अनिकालको आँकलन संयुक्त राष्ट्रसंघले आसन्न संकटको बारेमा चेतावनी दिने जिम्मा पाएको अनुगमनकर्ताहरूको गठबन्धन इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ आईपीसीले गरेको थियो ।

यसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ । गाजामा ५ वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । प्रत्येक १० हजार मानिसहरूमध्ये २ जनाको मृत्यु दैनिक भोकमरी, कुपोषण र रोगका कारण हुने गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका निकायहरूले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि झनै बिग्रिएको र गाजामा महिनौंदेखि मानवीय अवस्था बिग्रिदै गएको बताएका छन् ।एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजामा अनिकालको औपचारिक रुपमा घोषणा गरेको छ।

मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र ५ लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका हुन् । संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका छन् ।

इजरायलको विदेश मन्त्रालयले गाजा शहर र आसपासमा अहिले अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झुटमा आधारित’ रहेको समेत दावी गरेको छ । अनिकालको आँकलन संयुक्त राष्ट्रसंघले आसन्न संकटको बारेमा चेतावनी दिने जिम्मा पाएको अनुगमनकर्ताहरूको गठबन्धन इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ आईपीसीले गरेको थियो ।

जसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ । गाजामा ५ वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । प्रत्येक १० हजार मानिसहरूमध्ये २ जनाको मृत्यु दैनिक भोकमरी, कुपोषण र रोगका कारण हुने गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका निकायहरूले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि झनै बिग्रिएको र गाजामा महिनौंदेखि मानवीय अवस्था बिग्रिदै गएको बताएका छन् ।