६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


विद्यालय शिक्षा विधेयकको समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश


1.326k
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयक सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाएको बताउनुभयो । समितिले बिहीबारको बैठकबाट पास गरेको थियो ।

सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । सभामा पेश भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् । माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्ताव अनुसार गर्नुपर्ने लगायत ५ बुँदे फरक मत राखेको छ ।

रास्वपाले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको समितिले जनाएको हो ।