६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


विष्फोटनमा परी साढे ६ सय जनाको मृत्यु, २८ सय बढी घाइते: गृहमन्त्री लेखक


2.067k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ सालको असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाहले राखेको प्रश्नको जवाफ दिंंदै गृहमन्त्री लेखकले सोही विष्फोटनमा परी २ हजार ८ सय ९९ जना घाइते भएको बताउनुभएको छ । उहाँले द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाख रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी गराउनुभएको हो।

उहाँले घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरुका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरुलाई प्रतिशतका दरले मासिक रुपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिंदै आइएको छ ।

साथै परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च र राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने उहाँको भनाइ थियो । गृहमन्त्री लेखकले परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको बताउनुभयो ।