
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताकोबीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको समेत दावी गर्नुभएको छ । मेची-महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशैभरीबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको पनि बताउनुभयो ।
जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले आफू नेतृत्वको पार्टीको भविष्य रहेको र यसलाई सशक्त बनाउने बताउनुभयो । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पु¥याउने उहाँको दावी छ ।
उहाँले भन्नुभयो,-‘हाम्रो पार्टीले जनताकोबीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि एक पटक एउटा अभियान सञ्चालन गरेको थियो । मेची-महाकाली अभियान, समाजवादी जागरण अभियान । मेची-महाकाली अभियानमा सयकडौं र्काकर्ता सहभागि भएका थिए । हजारौं जनताको साथ र समर्थन पाएका थियौं। ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो । जुन पार्टी जनताको विश्वास गर्न चाहन्छ । उनीहरु शक्तिलाई परिचालित गरिरहेको हुन्छ । परिचालनको क्रम पालिका पालिकाभित्र हुन्छ । जिल्ला जिल्लामा पनि हुन्छ । जिल्लास्तरको अभियान सञ्चालन गरेर पालिकास्तरको अभियान सञ्चालन गरेर, प्रदेश स्तरको अभियान सञ्चालन गरेर, राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्नुपर्छ । हामी पार्टीलाई अघि बढाउन चाहन्छौं ।’
अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रुपान्तरण गर्न सक्ने बताउनुभयो
प्रतिक्रिया दिनुहोस्