
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युतको प्रभावकारी रूपमा वितरण गर्नका लागि निर्देशन दिनुभएको छ ।
सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत आपूर्तिको अवस्थाको बारेमा बुझ्न बिहीबार जनकपुर पुग्नुभएका मन्त्री खड्काले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सिञ्चित गर्नका लागि आवश्यक विद्युत प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिनुभयो । उहाँले मधेश प्रदेशमा विद्युत चोरी बढी हुने भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ।
उहाँले पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मरहरु मर्मत गर्न पनि निर्देशन दिनुभयो । सहज , सुरक्षित ढंगले विद्युत आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत प्रशारण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
मन्त्री खड्काले धान रोपिसकेपछि पानीको अभाव हुने कुरालाई ध्यानमा राखेर नहर बनाउने र पुराना संरचनालाई दुरुस्त बनाउने काम गर्न निर्देशन दिएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्