
काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न भएको सहमतिको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन्।
माइतीघरमा बिहीबार युवाहरूले प्रदर्शन गरेका हुन्। सोही क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता प्रहार गर्ने ८ जना पक्राउ परेका छन्।
स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्