
काठमाडौं । सेयर बजार परिसूचक (नेपाल स्टक एक्सचेन्ज ) नेप्सेमा बिहीबार सामान्य अंकको गिरावट आएको छ ।
बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९ दशमलव २२ अंकले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ को बिन्दुमा पुगेर बन्द भएको हो । परिसूचकसँगै कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरीमा कुल ३ सय १९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो ।
सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबै भन्दा अगाडि रहेको नेप्सेले जनाएको छ । उक्त कम्पनीमा ९ दशमलव ९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको हो । सबै भन्दा बढी गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको ४ दशमलव ५६ प्रतिशत बराबर रहेको छ ।
कारोबार रकमको आधारमा बिहीबार हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको हो । कम्पनीको २४ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको कारोबार रकमको आधारमा बिहीबार हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको हो ।
कम्पनीको २४ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्