५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


भूमि सम्बन्धी विधेयक कृषि समितिबाट बहुमतले पारित


0
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

सि‌हदरबारमा बिहीबार बसेकाे साेही समितिकाे बैठकमा विधेयक माथि भएको छलफलबाट नेकपा माओवादी केन्द्र भने बाहिरिएको हाे । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।

फरक मत लेखेर शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने संसदीय समितिले जनाएको हो ।