४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


उपसभामुख मगरलाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने सत्ता गठबन्धनकाे योजना : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा राना मगरलाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने योजनामा लागेको आरोप लगाउनुभएको छ ।

नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार भेटेपछि यस्तो बताउनुभएको हो । सरकारले उपसभामुख इन्दिरा राना मगरमाथि झम्टिने काम गरेको समेत उहाँले आरोप लगाउनुभयो । उहाँलै रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउनुभएको जानकारी गराउनुभएको छ ।

साथै रविले भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गरेको समेत उहाँले बताउनुभयो । अध्यक्ष दाहालले रविमाथि नेकपा कांग्रेस र नेकपा एमालेले गरेको व्यवहारबाट देशैभरी रास्वपालाई फाइदा भएको कुरा बुझेको बताउनुभएको छ ।