१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


निर्वाचनमा हुने अदृष्य खर्च र पारदर्शिताबारे छलफल


0
Shares

विराटनगर, असार ६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निर्वाचनका क्रममा दल र उम्मेदवारले गर्ने अदृश्य खर्च र पारदर्शिताको विषयमा आवश्यक निर्णय लिनुपर्ने बताएका छन् ।

निर्वाचन आयोगले विराटनगरमा गरेको निर्वाचन समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले दलहरुले कहाँबाट खर्च ल्याए, कहाँ खर्च गरे, त्यो पारदर्शी छ÷छैन भन्ने विषयमा आयोगको ध्यान जानुपर्ने बताए ।

राईले निर्वाचनमा आचारसंहिता विपरीत हुने घटना रोक्न र निर्वाचन सम्पन्न गराउने निकायलाई नै जिम्मेवार बनाउने विषयमा अहिलेदेखि नै सोच्नुपर्ने बताए ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले दलहरुको खर्च गर्ने र पारदर्शी नहुने अवस्था अन्त्य कसरी गर्न सकिन्छ भन्नेमा आफूहरु गम्भीर रहेको बताए ।

निर्वाचन समीक्षा कार्यक्रममा २०७४ सालमा भएको १ नम्बर प्रदेशका सबै निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, जिल्ला अदालतका न्यायाधीश, प्रदेशसभा सांसद, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति छ ।