४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


सरकारको दुई दलीय व्यवस्थाको मिसन जनताले पूरा हुन दिंदैनन्ः सांंसद बस्नेत


273
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । नेपालको सामाजिक, साँस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली उपुयक्त नहुने उहाँकाे भनाइ छ । दुई दलीय प्रयोग अन्ततः एकदलीय व्यवस्थातर्फ धकेलिने उहाँकाे तर्क थियाे ।

सत्तारुढ दलहरुको दुई दलीय मिसन नेपाली जनताले पूरा हुन नदिने समेत उहाँले टिप्पणी गर्नुभयाे । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उपसभामुख इन्दिरा राना मगरलाई हटाउन गरेको प्रयास सामाजिक न्याय र समावेशी अनुकुल नभएको सांसद बस्नेतको भनाइ थियो ।